काठमाण्डौ। औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सरकारलाई सिफारिस गरिएको छ। 

खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले यस्तो सिफारिस गरेको हो। 

हाल नेपाल आय निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रतिसिलन्डर २ हजार ३७१.७८ रुपैयाँमा खरिद गर्दै आएको छ। निगमले सहुलियत दिएर प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएको छ।

अहिले घरायसी र व्यवसायिक दुवै प्रयोजना एकै मूल्य कायम गर्दा निगमले प्रतिसिलिन्डर ५७१.७८ रुपैयाँ घाटा व्यहोर्दै आएको छ। 

उपसमितिको सिफारिस कार्यान्वयनमा आउने हो भने होटेल, रेस्टुरेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यासको प्रतिसिलिन्डर २३७१.७८ रुपैयाँ तिर्नुपर्ने हुन्छ। 

उपसमितिले दुई थरी मूल्य गर्दा ग्यासको सिलिन्डरको रङ र साइज परिवर्तन गरी घरायसी प्रयोजनका रातो (हालकै साइजमा) र औद्योगिक प्रयोजनका लगि निलो रङ (१९ र ५० तौलको सिलिन्डर) सिफारिस गरेको छ।

उपसमितिले अर्को विकल्पका रुपमा अहिले बेचिँदै आएको ग्यासको कुल हिस्सामध्ये १५ प्रतिशत औद्योगिक प्रयोजनमा बेच्न लगाउने पनि सिफारिस गरेको छ।