काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य एक वर्षयताकै न्यून स्तरमा झरेको छ।
यो वर्ष दोस्रोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल आएको हो। कच्चा तेलको मूल्य ३.५ प्रतिशतले घटेर प्रतिब्यारल ७४.२५ डलरमा कारोबार भएको छ। गत २०२१ डिसेम्बर २३ यताकै न्यून हो।
रुसी कच्चा तेलमा ‘प्राइस क्याप’ निर्धारण गर्ने जी–७, युरोपेली संघ र अष्ट्रेलियाले गरेको निर्णयले विश्व अर्थतन्त्रमा अनिश्चितता छ। जसका कारण लगानीकर्ता बजारप्रति निराश हुँदा तेलको मूल्य घटेको जानकारहरु बताउँछन्।
कच्चा तेलको मूल्य अहिले रुस–युक्रेन युद्ध सुरु हुनुअघिको स्तरमा पुगेको छ। तेलको मूल्य अहिले उच्चस्तरबाट करिब ४३ प्रतिशतले तल झरेको छ।
युक्रेन युद्ध सुरु भएपछि एकपटक तेलको मूल्य १३९ प्रतिब्यारेल पुगेको थियो। जुन २००८ पछिको उच्चतम स्तर थियो।
ब्रेन्ट क्रुट बेन्चमार्क पनि ४ प्रतिशतले घटेर प्रतिब्यारल ७९.५० डलरमा झरेको छ। –एजेन्सी
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago