काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सोमबार सुरुआती कारोबारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट आएको छ।
गत साता भने कच्चा तेलको भाउ ८ प्रतिशतले बढेको थियो। यो अक्टोबरयता तेलको मूल्यमा भएको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो।
कच्चा तेलको मूल्यमा उछाल आउनुको कारण चीनमा फेरि एकपटक माग बढ्ने अनुमान नै हो। त्यहाँ कोरोनासँग सम्बन्धित अधिकांश प्रतिबन्ध हटाइएको छ। चीन विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो।
योसँगै अमेरिकी फेड रिजर्भले ब्याजदरमा नरम हुन थालेको छ। यी कारणले गर्दा कच्चा तेलको मूल्यमा उछाल आएको विज्ञहरु बताउँछन्।
गत वर्ष मार्चमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो। जुन युक्रेन–युद्ध सुरु भएपछि २००८ पछिको उच्चतम स्तर हो। त्यसपछि कच्चा तेलको भाउ प्रतिब्यारेल ७५ डलरको आसपास आएको थियो। तर, गत हप्ता मूल्यमा उछाल आयो।
डिसेम्बरमा चीनको आयात ४ प्रतिशतले बढेको छ। ब्रेन्ट क्रुड र यूएस वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड (डब्ल्यूटीआई) दुवैमा सोमबारको सुरुआती कारोबारमा थोरै गिरावट आइरहेको छ। ब्रेन्ट फ्युचर १२ सेन्टले झरेर ८५.१६ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको भने डब्ल्यूटीआई पनि १३ सेन्टले घटेर ७९.७३ डलरमा झरेको छ। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago