काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ।
कच्चा तेलको भाउ बढेर बुधबार प्रतिब्यारल करिब ८० डलर पुगेको छ। लामो समयदेखि कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ डलरभन्दा तल रहेको थियो। तर, हिजो र आज कच्चा तेलको मूल्यमा बढोत्तरी भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज ब्रेन्ट क्रुड आयल प्रतिब्यारल ७९.५७ डलर र डब्ल्यूटीआई क्रुड ७५ डलरमा कारोबार भइरहेको छ।
ओपेक प्लस राष्ट्रहरुले आउँदो अगस्टबाट तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन्। यही कारणले पनि कच्चा तेलको मूल्य बढेको विज्ञहरु बताउँछन्।
यसैगरी पछिल्लो समय अमेरिकी डलर कमजोर बन्दै गएको छ। अहिले डलरको मूल्य दुई महिनायताकै न्यून स्तरमा पुगेको छ। यसले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दाम बढ्न थालेको बताइएको छ। –एजेन्सी
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago