काठमाण्डौ । सम्पत्ति शुद्धीकरण र चरमपन्थी नियन्त्रण गर्न कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ।
कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो। उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका कारोबारमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको लेखेको छ।
अब कतारमा ५० हजार रियालभन्दा माथिको कारोबारमा व्यक्तिले चेक, क्रेडिट कार्ड, डेबिट कार्ड वा बैंक ट्रान्सफरबाट भुक्तानी गर्नुपर्ने हुन्छ। ५० हजारभन्दा बढी कतारी रियाल सबै प्रकारका सम्पत्तिको बिक्री, खरिद र भाडामा र सम्पत्ति परिमार्जन गर्न प्रयोग गर्न नपाइने उल्लेख छ।
यसका साथै यो प्रतिबन्ध सबै प्रकारका सवारीसाधन, बहुमूल्य धातु, रत्न र आभूषण आदिको बिक्री, खरिद र भाडामा लागू हुनेछ। यसबाहेक उँट, घोडा, गाईवस्तु आदिको हकमा पनि यो सर्त लागू गरिएको जनाइएको छ। यो प्रतिबन्ध समुद्री यातायातको मामलामा पनि लगाइएको छ।
यसअघि गत जुलाईमा कतारमा नगदमार्फत लग्जरी कार किनेर अवैध रुपमा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा सातजना पक्राउ परेका थिए। कतारमा सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको आरोप प्रमाणित भएमा जेलसहित भारी जरिवानाको व्यवस्था छ। –एजेन्सी
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago