काठमाण्डौ । विश्वका टप सीइओको बिषयमा जान्न मानिसहरुलाई निकै चासो हुन्छ । मानिसमा सधैं कौतुहुल हुन्छ कि माइक्रोसफ्ट कम्पनीका सीइओ सत्या नडेला, अमेजनका सीइओ जेफ बोजेसको जीवनशैली कस्तो होला ?उनीहरु कति बजे सुत्छन् र कतिघण्टासम्म सुत्छन होला ? कतिपय  मानिसलाई त लाग्छ कि यी सफल व्यक्ति बिलासी जीवन जिउन माहिर हुन्छन् होला, त्यस्तो जीवन जिउन पाउँदा रमाउँछन होला । बिलासी जीवनशैलीका कारण उनीहरु धेरै सुत्लान र अबेरसम्म सुत्लान् भन्ने समेत धेरैमा भ्रम हुनसक्छ , तर यी अनुमानहरु सबै गलत हुन् । तपाईंको यही उत्सुकता मेट्न बिजशालाले विदेशी समाचार एजेन्सीको सहयोगमा विश्वका टप सीइओ कतिघण्टासम्म सुत्छन् भन्ने बिषयमा रोचक तथ्य भेला पारेको छ । 

मरिसा मेयर
सीइओ, याहू

पछिल्लो एकमहिनादेखि एकाएक चर्चामा आएकी याहू कम्पनीकी सीइओ मरिसा मेयर सातामा १३० घण्टा भन्दा बढी काम गर्छिन । गार्जियन पत्रिकालाई उनले दिएको अन्तर्वार्तामा उनले आफू दैनिक ४ देखि ६ घण्टासम्म मात्र सुत्ने गरेको बताएक थिइन् । तर उनी आफूलाई रिचार्ज गर्नका लागि हरेक ४ महिनामा एकपटक लामो विदामा बस्ने गरेकी छिन् । 

सत्या नडेला, सीइओ, माइक्रोसफ्ट


विश्वकै सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका सीइओ दैनिक ७ देखि ८ घण्टासम्म सुत्छन । नडेला बिहान ७ बजे उठ्छन । हालै प्रकाशित भएको किताब ‘निद्रा क्रान्ति’मा उनले दाबी गरेका छन् कि राम्रो र मीठो निद्राले मान्छेमा सिर्जनशीलता र उत्साह बढाउँछ । सत्या नडेलालाई ‘क्लाउड गुरु’ समेत भनिन्छ । क्लाउड यस्तो सेवालाई भनिन्छ, जुन इन्टरनेटमै पूरा तरिकाले चल्छ र योसँग सम्बन्धित सेवा वा कम्प्युटर फाइल इन्टरनेटबाट विश्वका कुनै पनि कुनाबाट हेर्न  र प्रयोग गर्न सकिन्छ । माइक्रोसफ्टमा काम गर्ने क्रममा सत्याले एमएस अफिसलाई क्लाउडमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । माइक्रोसफ्ट दाबी गर्छ कि अफिस ३६५ उनको सबै सफल उत्पादनमध्ये एक महत्वपूर्ण उत्पादन हो ।

माइक्रोसफ्टको आफ्नो क्लाउड सेवा ‘अजूर’लाई स्थापित गराउने महत्वपूर्ण भूमिका पनि नडेलाकै छ । नडेला सन् १९९२ मा माइक्रोसफ्टसँग जोडिएका थिए र त्यसपछि उनको नेतृत्वमा माइक्रोसफ्टका धेरै उत्पादनहरु सफल भइसकेका छन् । यीमध्ये कतिपय उत्पादन त कम्पनीका लागि निकै लाभदायक बन्यो, जस्तो ः विण्डो सर्भर, डेवलपर्स टूल, अजूर  । 

जेफ बेजोस
सीइओ, फाउण्डर अमेजन


विश्वकै सबैभन्दा ठूलो इ–कमर्स कम्पनी अमेजनका फाउण्डर र सीइओ पनि दैनिक ८ घण्टाको दरले सुत्छन । वाल स्ट्रीट जर्नलमा दिएको एक अन्तर्वार्ताको क्रममा उनले आफू दैनिक ८ घण्टा सुत्ने गरेको बताएका छन् । आनन्दले ८ घण्टासम्म सुत्दा आफूले दिनभरि मेहेनतका साथ आनन्दले काम गर्नसक्ने समेत उनले तर्क पेश गरेका छन् । 

जेफ बेजोसले सन् १९९४ जुलाईमा आफ्नो कम्पनी स्थापना गरेका थिए र १९९५ बाट यसको सुरुवात भएको थियो । सुरुमा बेजोसले यसको नाम ‘केडेब्रा डटकम’ होस् भन्ने चाहना राख्थे, तर तीन महिनापछि उनले यसको नाम परिवर्तन गरी ‘अमेजन डटकम’ राखे । उनले संसारको सबैभन्दा लामो नदी अमेजनको नाम नै यसकारण राखेको भनेका छन् कि ताकि उनी विश्वकै सबैभन्दा ठूलो अनलाइन बुक सेलर बन्न सकून् । उनको वेबसाइट अनलाइन बुक स्टोरको रुपमा सुरु भएको थियो, तर पछि डिभीडी, सफ्टवेयर, इलेक्ट्रोनिक्स र कपडा समेत बिक्न थाल्यो । अमेजन कम्पनी ग्यारेजबाट सुरु भएको थियो, त्यो पनि मात्र ३ वटा कम्प्युटरबाट । अनलाइन बिक्रीको सफ्टवेयर बेजोसले आफै बनाएका थिए र छोराको प्रोजेक्टमा उनका मातापिताले ३ लाख डलरको सुरुवाती पूँजी लगानी गरिदिएका थिए । कम्पनीको स्थापनाको क्रममा उनका पिताले पहिलो प्रश्नको रुपमा बेजोसलाई ‘इन्टरनेट भनेको के हो’ भन्ने प्रश्न गरेका थिए । पछिबाट उनकी आमाले भनिन्–‘हामीले इन्टरनेटमा जूवा खेलिरहेका छैनौ, आफ्नो छोराका लागि ३ लाख डलरको जूवा खेलिरहेका छौ ।’ 

वारेन बफ
सीइओ, वर्कशेयर हाथ्वे


शेयर बजारको ठूलो लगानीकर्ता र ४९ वर्षदेखि लगातार वर्षेनी २० प्रतिशतको दरले रिटर्न दिइरहेको कम्पनी वर्कशेयर हाथ्वेका सीइओ वारेन बफका अनुसार मीठो निद्राले राम्रो फाइदा लिएर आउँछ । हफिङ्ग्टन पोस्टलाई दिएको एक अन्तर्वार्ताको क्रममा उनले भनेका छन् कि एकपटक उनले आफू एक ठूलो कम्पनीमा गएर त्यहाँका कामदारलाई ‘म यहाँ तपाईहरुलाई कुनै नयाँ कुरा भन्न आएको होइन, यदि तपाईलाई धेरै नाफा आर्जन गर्नुछ भने तपाईंले मीठो निद्रा निदाउन सक्नुपर्छ’ भनेको बताएका छन् । 

वारेनलाई विश्वमा नचिन्ने कमै मान्छे होलान् । विश्वले यिनलाई वाल स्ट्रीटका जादूगर तथा वर्कशेयर हाथ्वेका बादशाह नामले पुकार्छ । प्राय उनको टिप्सलाई शेयर बजार विश्लेषकहरुले आफ्नो आदर्श नै मान्ने गरेका छन् । वारेनका पिता पनि शेयरबजारकै कारोबारी थिए, वारेनले ११ वर्षको कलिलो उमेरमै पितासँग शेयरबजारमा प्रवेश गरेका थिए । उनले ११ वर्षको उमेरदेखि नै शेयर कारोबार थालेका थिए र १३ वर्षको उमेरमा त उनले सरकारलाई आफ्नो आम्दानी कर नै बुझाउन थालिसकेका थिए । २० वर्षको उमेरमा वारेनले हार्वर्ड बिजिनेश स्कूलमा प्रवेशका लागि आवेदन दिएका थिए, तर उनलाई त्यहाँ फेल गरिएको थियो । त्यसपछि उनी कोलम्बिया बिजिनेश स्कूलमा भर्ना भए । यसपछि उनको कम्पनी वर्कशेयर हाथ्वे लगानीकर्तालाई लगातार राम्रो नाफा दिइरहेको छ । 

सेर्गियो मार्कियोन
सीइओ, फिएट


अटो कम्पनी फिएटको नाम विश्वमै चर्चित छ । यो कम्पनीले विश्वभरि कमालकै व्यापार गरिरहेको छ । यो कम्पनीलाई विश्वमै स्थापित गराउने मुख्य काम सीइओ सेर्गियो मार्कियोनले गरेका हुन् । मार्कियोन दैनिक ६ घण्टा निदाउने गरेका छन् । फच्र्युनलाई दिएको एक अन्तरवार्ताको क्रममा उनले आफू दैनिक ६ घण्टा भन्दा बढी नसुत्ने गरेको बताएका छन् ।