काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडलाई (इक्रा एनपी–आईआर) बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।
यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन।
रेटिङ वर्ग ‘(इक्रा एनपी–आईआर) एए’ देखि ‘(इक्रा एनपी–आईआर) सी’सम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ ‘(इक्रा एनपी–आईआर) बीबी प्लस’को स्थिति ‘(इक्रा एनपी–आईआर) बीबी’ भन्दा एक चिह्नमाथि रहन्छ जब कि ‘(इक्रा एनपी–आईआर) बीबी माइनस’ को स्थिति ‘(इक्रा एनपी–आईआर) बीबी’ भन्दा एक चिह्न तल रहन्छ।
11 hours ago
12 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago