दूध
दूधमा फ्याटको मात्रा बढी हुन्छ । त्यसैले कब्जियत भएको मानिसले बढी मात्रामा दूध पिउने गरेमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ । साथै, दूधमा पाइने ल्याक्टोजले पेटमा ग्यास उत्पन्न गराउँछ ।

रातो मासु
रातो मासुमा फ्याटको मात्रा बढी हुन्छ भने फाइबर अन्यन्तै कम । यसमा एउटा भिन्न प्रकारको प्रोटिन फाइबर पाइन्छ, जसलाई पचाउन पेटले धेरै समय र इनर्जी खर्चिनुपर्छ । यसले कब्जियत गराउँछ ।

काँचो केरा
काँचो केराको सब्जी मिठो मानेर खाने धेरै छन् । तर, काँचो केरामा पाइने स्टार्चले कब्जियत बढाउने काम गर्छ ।

चिज
दूधमा जस्तै चिजमा पनि फ्याट र ल्याक्टोजको मात्रा बढी हुन्छ । यसले पेटमा ग्यास बढाउँछ र कब्जियत गराउँछ ।

तारेको खाना
तारेको खानामा फ्याटको मात्रा उच्च हुन्छ । जसले गर्दा यस्तो खाना पच्न अप्ठेरो हुन्छ । फ्रेन्च फ्राई, चिकेन फ्राईलगायत खानामा पच्नका लागि आवश्यक फाइबरको मात्रा ज्यादै कम हुन्छ । त्यसैले कब्जियत भएकाले भरिसक्के तारेका खानेकुरा नखाँदा राम्रो !

कफी
कब्जियतको समस्या भएकाले कफी पिउने बानी तुरुन्तै छोड्नुपर्छ । कफी पिउनाले शरीरमा पानीको मात्रा कम हुन जान्छ । पानीको कमीले कब्जियत अझ बढ्न सक्छ ।

सुगर

चिनी बढी मात्रामा पाइने खाना, जस्तो कि केक, मिठाई, कुकिज आदिले कब्जियतको समस्या बढाउने गर्छ । किनकि, यस्ता खानामा फ्याट बढी हुन्छ भने फाइबर एकदमै कम हुन्छ । गुलियो खानेकुराले पाचन क्रियालाई बिगार्ने र कब्जियत बढाउने गर्छ ।

मैदा
मैदाबाट बनेको ब्रेड, पिज्जा, बर्गर आदि खानेकुरा कब्जियतलगायत पेटसम्बन्धी बिरामी भएका मानिसले नखानु नै राम्रो हुन्छ । जंक फुडलाई पनि यस्तै खानाको सूचीमा राख्दा हुन्छ ।

अन्डा
कब्जियतको समस्या भएकाले अन्डा नखानु राम्रो हो । यसमा फाइबरको मात्रा अत्यन्तै कम हुन्छ । अन्डा खानाले शरीरमा फ्याटको मात्रा बढ्छ ।
चकलेट
चकलेटमा पाइने क्याफिनले डिहाइड्रेसन गराउँछ । कब्जियतको बिरामीले चकलेटबाट टाढै बसेको राम्रो !

-एजेन्सी