काठमाण्डौ । वर्तमान अवस्थाको जीवनशैली तथा आवश्यकता अनुसार भर्चुअल मिटिगं, अनलाइन क्लास, अनलाइन स्ट्रि««मिगं र अन्य इन्टरटेनमेन्टका लागी उपभोक्ताहरुद्धारा सस्तो र फास्ट चल्ने सुविधायुक्त स्मार्टफोनको माग बजारमा अधिकतम रुपमा बढेको छ । यस वर्तमान अवस्थालाइ मध्यनजर गर्दै नेपालको लागि नोकिया मोबाइलको आधिकारिक वितरक टेलिटक प्रा.लि.ले कम मूल्यको स्तरीय फोरजी स्मार्टफोन नोकिया सीटूू बजारमा ल्याएको छ ।
यो स्मार्टफोन मा उत्कृष्ट एचडी डिस्प्ले, आकर्षक बनावट र बढि स्टोरेज क्षमता भएकोले अरु कम मूल्य पर्ने स्मार्टफोन भन्दा एकदमै राम्रो हुने कम्पनीको दाबी छ ।
नोकिया सीटूू फोरजी स्मार्टफोनमा ५.६  इन्चको एचडीप्लस आइपीएस डिस्प्ले स्क्रिन छ जसलाई टफन ग्लासद्धारा सुरक्षित गरिएको हुनाले छिट्टै कोरिने र फुट्ने डर कम हुन्छ । यसमा एण्डोइड नाइन पाइ (गो एडिसन) अपरेटिगं सिस्टम छ, जुन गो एप्स चलाउनको लागि उत्कृष्ट अपरेटिगं सिस्टम हो । गो एप्सले कम डाटा खपत गर्छ र कम स्टोरेज स्पेस लिन्छ । यसमा माइक्रो एसडी कार्डद्धारा ६४ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गुगल असिस्टेन्ट बटन पनि छ । यो स्मार्टफोनमा बदल्न मिल्ने २८०० एमएएचको ब्याट्री छ जसको चार्ज दुई दिन सम्म टिक्छ । 

फोटोग्राफीको लागि नोकिया सीटूू फोरजीस्मार्टफोनमा पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामरा र फ्ल्यास् लाइट, सेल्फीको लागी पनि ५ मेगापिक्सेल क्यामरा, सेन्सर एलइडी फ्ल्यास् लाइट रहेको छ । यसमा अन्य नोकिया स्मार्ट फोनहरुमा जस्तै स्ट्याण्र्डड क्यामरा फिचरहरु रहेको छ । यसमा अन्य स्मार्टफोनमा हुने सबै कनेक्टिभिटि फिचरहरुरहेका छन । नोकिया सीटूू फोरजी स्मार्टफोनको बजार मूल्य रु.९,२९९÷– पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ ।

साथै अहिले बजारमा उपलब्ध भईरहेको नोकिया सीवान र नोकिया २.३ स्मार्टफोनहरु १२ हजार भन्दा कम मूल्य पर्ने भएकोले प्रयोगकर्ताहरु द्धारा अत्यन्त रुचाएको  छ । साथै नोकियाका फिचर फोनहरु र नोकिया सीवान  स्मार्टफोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन् ।