काठमाण्डौ । समयका साथसाथै मानिसको लाइफस्टाइल पनि परिवर्तन भइरहेको छ। कोरोनाभाइरसका कारण अहिले मानिसहरु सरसफाइमा बढी ध्यान दिइरहेका छन्।
अब थुप्रै कुराको माग बढ्न सक्छ। बजार खुल्नासाथ यसको असर स्पष्ट देखिनेछ।
अफिस, होटल र रेस्टुराँ सबैतिर टिस्यु पेपरले आफ्नो स्थान लिइसकेको छ। अब यसले मानिसको निजी जीवनमा पनि हिस्सा बनाइसकेको छ।
यस्तोमा तपाइँसँग पेपर न्याप्किनको बिजनेस सुरु गर्ने सुनौलो मौका रहेको छ। यस किसिमको साना तथा मझौला उद्योगका लागि सरकारले पनि सहयोग गर्दै आएको छ।
हुनेछ लाखौँ रुपैयाँको आम्दानी
टिस्यु पेपरको माग बढ्नुको कारणले यसको बिजनेस निकै फस्टाउने देखिएको छ। अहिले यसको कारोबारले मार्केटमा आफ्नै स्थान बनाइसकेको छ।
यदि तपाइँ बिजनेस सुरु गर्ने सोचमा हुनुहुन्छ भने पेपर न्याप्किनको बिजनेस उत्तम छनोट हुनेछ। यो बिजनेसबाट तपाइँले मासिक राम्रै कमाउन गर्न सक्नुहुन्छ। यस्तो बिजनेसमा लगानी गर्न सरकारले पनि तपाइँको मद्दत गर्छ।
कति चाहिन्छ लगानी ?
तपाइँसँग ५ लाख रुपैयाँ छ भने यो बिजनेस सजिलै सुरु गर्न सक्नुहुन्छ। यति पैसा भएपछि बाँकी रकम तपाइँले कम ब्याजदरमा साना तथा मझौला उद्योगलाई बढावा दिन नेपाल सरकारको नीतिअनुरुप कुनै पनि बैंकबाट सजिलै ऋण पनि पाउनुहुन्छ। तपाइँले आफ्नो बिजनेसअनुरुप बैंकहरुबाट लोन पाउन सक्नुहुन्छ।
यो बिजनेसअन्तर्गत तपाइँ एक वर्षमा १.५० लाख किलोग्राम पेपस न्याप्किन उत्पादन गर्न सक्नुहुन्छ। उत्पादनपछि बजारमा प्रतिकेजी १०० रुपैयाँको हाराहारीमा बेच्न पनि सक्नुहुन्छ। यदि तपाइँ १ वर्षका १.५० लाख किलो पेपर न्याप्किन उत्पादन गर्न सक्नुहुन्छ भने तपाइँले कम्तीमा पनि १ करोड रुपैयाँको कारोबार गर्न सक्नुहुन्छ। तपाइँले सबै खर्च कटाएर वार्षिक २०–२५ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ।
यति खर्च हुन सक्छ
यो बिजनेस सुरु गर्नका लागि तपाइँले मेसिनरीमा लगभग १० लाख रुपैयाँको हाराहारीमा खर्च हुन्छ। त्यस्तै कच्चापदार्थमा वार्षिक १२–१५ लाख रुपैयाँ खर्च हुन सक्छ। अनि कर्मचारीको तलब, घरभाडा, कर र अन्य खर्च गरी वार्षिक ३०–३५ लाख रुपैयाँ खर्च होला।
यसैगरी ट्रान्सपोर्ट, कन्ज्युमुलब, टेलिफोन, स्टेसनरी, मेन्टिनेन्स, बिजुली आदि मिलाएर वार्षिक १५ लाख रुपैयाँसम्म खर्च हुन सक्छ।
29 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago