काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–७८को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई सूचित गरेको छ। करबापतको रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीहरुले प्राप्त गर्नेछन्।
संस्थाले आज एक सूचना प्रकाशित गरी उक्त आर्थिक वर्षको २० प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई जानकारी गराएको हो। २०७७ भदौ १६ गतेदेखि २०७९ जेठ १९ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीहरुलाई उक्त बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न संस्थाले आग्रह गरेको छ।
उक्त आर्थिक वर्षको बोनस सेयर गत जेठ २८ गतेसम्म संस्थाको तेस्रो वार्षिक साधारणसभाबाट पारित भएको थियो।
सेयरधनीहरुले संस्थाको सेयर रजिस्ट्रार सेञ्चुरी क्यापिटल मार्केटको काठमाण्डौको कमलादीस्थित कार्यालयमा सम्पर्क गरी करबापतको रकम यकिन गरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा रहेको सेञ्चुरी क्यापिटलको खाता नं. ०८७००१००५७६७६४०००००१ मा जम्मा गरी आफ्नो बोनस सेयर प्राप्ति गर्न सूचनामा आग्रह गरिएको छ।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago