काठमाण्डौ । कुमारी बैंकले करिब डेढ लाख कित्ता सेयर बिक्री आज (जेठ २६ गते)बाट बिक्रीमा राखेको छ।
कुमारी बैंकको संस्थापक समूहको १ लाख ४६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा संस्थापकले न्यूनतम १० हजार कित्ता र सर्वसाधारणले १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र यही जेठ ३२ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाण्डौको नकसालस्थित कुमारी क्यापिटलमा पेस गर्नुपर्नेछ।
17 minutes ago
19 minutes ago
25 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago