काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंक कर्जा लगानीमा आक्रामक देखिएका छन्। विकास बैंकहरुले निक्षेप पनि बढाएका छन्। 

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अनुसार गत भदौ १९ गतेदेखि भदौ २५ गतेसम्म विकास बैंकहरुको कर्जा परिचालन ०.७९ प्रतिशत र निक्षेप ०.२४ प्रतिशतले बढेको हो। 

यो अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा लगानी २ अर्ब ८९ करोड रुपैयाँ बढेको छ। अघिल्लो साता कुल ३ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी रहेको बढेर ३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी यस अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ९८ करोड २० लाख रुपैयाँले बढेको छ। अघिल्लो साता कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा बढेर ४ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा क्षेत्रीयस्तरका विकास बैंकहरुको निक्षेप ०.३५ प्रतिशतले घटेको छ भने कर्जा लगानी ०.३८ प्रतिशतले बढेको छ।