काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्न ७० वटा सहकारी संस्थालाई ३५ दिने अल्टिमेटम देखिएको छ।
कोषले आज एक सूचना प्रकाशित गर्दै लिएको कर्जा नतिरेका ती सहकारीलाई कर्जा तिर्न आउन ३५ दिने अल्टिमेटम दिएको हो। कोषबाट थोक कर्जा लिएका ती संस्थाहरुलाई कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जनासहितको सम्पूर्ण रकम बुझाउन भनिएको छ।
यसरी कर्जा लिएर नतिर्नेमा सहकारीमा सबैभन्दा बढी कर्णाली प्रदेशका २८ वटा छन्। त्यसपछि कोशी प्रदेशका १४ वटा, मधेस प्रदेशका ११ वटा, बागमती प्रदेशका १० वटा, लुम्बिनी प्रदेशका ४ वटा र सुदूरपश्चिमका ३ वटा सहकारी छन्।
तोकिएको समयमा रकम नबुझाएमा ती सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राखी राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायमा सूचना प्रकाशित गरिने कोषले चेतावनी दिएको छ।
10 minutes ago
10 minutes ago
32 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago