काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चौथो त्रैमाससम्म बैंकको वित्तीय प्रगति सुधारोन्मुख देखिएको छ। समीक्षा अवधिसम्म बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ९ लाख ९ हजार रुपैयाँमा सीमित थियो। 

बैंकको वितरणयोग्य मुनाफा ३ करोड ६८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

बैंकको सञ्चालन मुनाफा पनि बढेर ५ करोड ८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९ लाख ९ हजार रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १३९.९९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड ८० लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

बैंकले ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ५२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ५.१३ प्रतिशतले बढेर २ करोड ३४ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड २३ लाख रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जा (एनपीएल) बढेर १.८६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.८६ प्रतिशत रहेको थियो। सीडी रेसियो ६७.४७ प्रतिशत रहेको बैंकको आधार दर ९.३३ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.१२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४२.९९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १११.०५ रुपैयाँ रहेको छ।