काठण्माडौ । आधिकारिक सुरुआतको ५० औँ दिनमा आइपुग्दा कर्पोरेट पे प्रणालीमा ५० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई ५० करोड रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट भएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायलगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी एनसीएचएलले कर्पोरेट पे प्राणाली सञ्चालनमा ल्याएको हो। यो प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवं सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको एनसीएचएलले जनाएको छ। 

यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरेबमोजिम कनेक्ट आईपीएसमार्फत रियल टाइममा र एनसीएचएल–आईपीएसमार्फत ननरियल टाइममा  गर्न सकिन्छ। साथै, यस प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था पनि रहेको एनसीएचएलले जनाएको छ। 

कर्पोरेट पे प्रणालीे थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने विश्वास एनसीएचएलको छ। यो प्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।  

हाल २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत उक्त प्राणााली प्राप्त गर्न सकिन्छ र आफ्ना थप ग्राहकलाई प्रणालीमा आबद्ध गराउँदै आएका छन्।