काठमाण्डौ । कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल पर्यटन बोर्डले आज बुधबारबाट आफ्ना सम्पूर्ण सेवा ४ दिनका लागि बन्द गरेको छ।
बोर्डले हिजो मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि ४ दिनका लागि आफ्ना सम्पूर्ण सेवा बन्द हुने जानकारी गराएको हो। हालै गरिएको पीसीआर परीक्षणका क्रममा तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बोर्डको सूचनामा उल्लेख छ। ‘त्यसैले कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बुधबारदेखि ४ दिनसम्म बोर्डबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगित गरिएको छ’, सूचनामा उल्लेख छ।
यस अवधिमा बोर्डबाट प्रदान गरिने ट्रेकिङ प्रमिट भने जारी गरिने सूचनामा उल्लेख छ।
यसैगरी बोर्ड परिसरभित्र हुने सबै खाले सभा, सम्मेलन र बैठक पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ सुरु गरिएको र संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा बसिदिन पनि बोर्डले आग्रह गरेको छ।
7 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago