काठमाण्डौ । अब कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत साँवा–ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्। 

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी एनआईसी एशिया बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ। कोषका ऋणीहरूले आफूलाई पायक पर्ने एनआईसी एशियाको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा आफूले भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिह्न लगाई यो बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिएअनुसार भुक्तानी गर्ने व्यवस्था गरेको छ। 

बैंकले यसअघि नै नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिइरहे का ऋणीहरूलाई सुविधाका लागि उनीहरुले उपभोग गरेका कर्जाबमोजिमको किस्ता रकम कनेक्ट आईपीएसको एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ।