काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबेला अमेरिका र अन्तर्राष्ट्रिय समुुदायबीच भइरहेको व्यापार असमान भएको र अन्य देशहरुले अमेरिकाबाट अनुुचित ढंगले फाइदा उठाइरहेको भनेर गुुनासो गर्ने गर्छन्। अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा बिक्री भर्ने भन्दा धेरै खरिद गर्ने तथ्यलाई उनले आफ्नो मुुख्य बल पुुर्याउने प्रमाणका रुपमा प्रस्तुुत गर्ने गर्दछन्। 

ट्रम्पले व्यापार घाटालाई पैसा गुुमाउनुुका रुपमा व्याख्या गर्ने गर्दछन्। उनले एउटा ट्विट गर्दै चीनसँगको व्यापारमा अमेरिकाले एक वर्षमा ५०० बिलियन डलर घाटा व्यहोरेको र अब यस्तो अवस्था सहन नसकिने बताएका थिए। उनको मुुख्य आर्थिक उद्देश्यमध्ये चीनसँगको व्यापार घाटा कम गर्नुु पनि हो। 

सन् २०१७ मा राष्ट्रपति पदमा पदभार ग्रहण गरेको पहिलो वर्षमा ट्रम्पले अमेरिकाका सबै व्यापारिक साझेदारहरुसँग एक वर्षको अवधिमा भइरहेको करिब ८०० बिलियन डलरको व्यापार घाटा आफूलाई स्वीकार्य नहुुने बताएका थिए। उनले यो व्यापार घाटा जतिसक्दो चाँडो घटाउने दाबी गरेका थिए। तर उनको दाबीबमोजिम अमेरिकाको व्यापार घाटा घटेन। 

ट्रम्पले उल्लेख गरेको व्यापार घाटा केवल वस्तुुको मात्रै थियो। यसमा सेवा क्षेत्रको घाटा भने समावेश गरिएको थिएन। 

ट्रम्पले पदभार ग्रहण गरेको वर्षदेखि अहिलेसम्म दुुवै क्षेत्रको व्यापार घाटा वृद्धि भएको छ। बाराक ओबामाको कार्यकालको अन्तिम वर्षमा अमेरिकाको व्यापार घाटा ७५० बिलियन डलर थियो। 

त्यस्तै ट्रम्प अमेरिकाको कार्यकारी बनेपछि सन् २०१८ मा यो घाटा बढेर ८८७ बिलियन डलर पुुगेको थियो। ट्रम्पले विशेषगरी द्विपक्षीय घाटालाई मात्रै प्राथमिकता दिने गरेका छन् र यसलाई उनी दोस्रो देशको अनुुचित कदमको प्रमाणका रुपमा लिने गर्दछन्। 

अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा चीनसँग हुुने गरेको छ। ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएको लगातार दुुई वर्षसम्म अमेरिको चीनसँगको व्यापारमा घाटा व्यहोरेकोे थियो। तर सन् २०१९ को पहिलो नौ महिनामा यो घाटा घटेको थियो। आयात र निर्यात दुुवै घटेको थियो। निर्यातको तुुलनामा आयात बढी घटेको थियो। 

दुुवै देशले एकअर्काका वस्तुुहरुमा भारी मात्रामा भन्सार शुुल्क तोकेकाले अमेरिकाको आयात घटेकोमा त्यति आश्चर्य मानिएको थिएन। के यो ट्रम्पको सफलता हो ? यो तबमात्रै सफलता मानिनेछ जब तपाइँ द्विपक्षीय व्यापार सन्तुुलनले महत्व राख्छ भन्ने ठान्नुुहुुन्छ। 

अधिकांश अर्थशास्त्रीहरु भने द्विपक्षीय व्यापार सन्तुुलनले महत्व नराख्ने ठान्दछन्। एउटा द्विपक्षीय व्यापार घाटाले देशको कुुल व्यापार घाटा घट्छ भन्ने सुुनिश्चिता गर्न सक्दैन। 

अमेरिकाको चीनसँगको व्यापार घाटा घटे पनि अन्य देशसँगको घाटा भने वृद्धि भएको छ। उदाहरणका लागि भियतनाम, मेक्सिको र ताइवानसँग अमेरिकाको व्यापार घाटा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय व्यापारमा सन्तुुलन राख्नका लागि देशहरुले एकअर्काको वस्तुुहरुको आयात–निर्यातमा बाधा सिर्जना गर्नुुभन्दा पनि देशहरुले आफूले उत्पादन गरेका वस्तुु तथा सेवाहरुको बिक्रीभन्दा धेरै खरिद त गरेका छैनन् भन्ने तथ्यबाट प्रेरित हुुने गर्दछ। तर ट्रम्पले यो सिद्धान्तविपरीत काम गरेको विश्लेषकहरुले बताएका छन्। 

कर कटौतीले अमेरिकी अर्थतन्त्रलाई उकास्ने काम गरेको भन्ने ट्रम्पको दावी अहिले फिक्का देखिएको छ। तर अमेरिकी जनता र व्यापारीहरुले धेरै खर्च गर्नुु परिरहेको र यसमध्ये केही रकम वस्तुु आयात गर्न खर्च हुुने गरेकाले अमेरिकामा व्यापार घाटा वृद्धि हुुनुुमा आश्चर्य मान्नुु पर्ने कुुनै कारण छैन। त्यसैले करमा कटौती गरेर व्यापार घाटा कम गर्ने ट्रम्पको लक्ष्यलाई यसले कठिन बनाइदिएको छ। – एजेन्सी