काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि जारी गरेको बोनस सेयर सेयरधनीहरुले कर भुक्तानी नगरेसम्म फ्रिज हुने जनाएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीहरुले कर नतिरेसम्म बोनस सेयर फ्रिज हुने जानकारी दिएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ३६.५ प्रतिशत बोनस सेयर जारी गरेको थियो। उक्त बोनस सेयरमा लाग्ने कर भने सेयरधनीहरु आफैँले बुझाउनुपर्ने कम्पनी सञ्चालक समितिले निर्णय गरेको थियो।

बोनस सेयर अनफ्रिज गर्न सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो बोनस सेयरबापत लाग्ने कर रकम बुझाउन कम्पनीले आग्रह गरेको छ। यसका लागि सेयरधनीहरुले कनेक्ट आईपीएसमार्फत बैंक अफ काठमाण्डू कमलपोखरी शाखामा राधी जलविद्युत कम्पनीको नाममा रहेको खाता नं. ०१०००००६३५१७५२४ जम्मा गर्न वा बैंक अफ काठमाण्डूको जुनसुकै शाखामा सम्पर्क गरी कर रकम बुझाउन कम्पनीले आग्रह गरेको छ।