काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेजमा एमबीएमा अध्ययनरत विद्यार्थीका लागि सेयर बजारसम्बन्धी एकदिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

हिजो शनिबार सम्पन्न तालिममा एमबीएका करिब ३० जना विद्यार्थीको सहभागिता थियो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर बजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए। 

यसैगरी हिजै इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटलको सहआयोजनामा इटहरीमा १ दिने सेयर बजारसम्बन्धी आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ। इटहरीस्थित दुर्गा पार्टि प्यालेसको तालिम हलमा सञ्चालित तालिम कार्यक्रममा १५० भन्दा धेरै सहभागीको सहभागिता थियो। 

सेयर बजारसम्बन्धी आधारभूत कुराहरु, प्राथमिक तथा दोस्रो बजार, सेयर बजारमा दिर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषणसम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको थियो। तालिम कार्यक्रम प्रभु क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरी, प्रशिक्षक सन्तोषराज बजगाईं तथा अशोस सिटौलाले प्रदान गरेका थिए।