काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुका निक्षेप र कर्जा लगानी दुवै बढेको छ। 

नेपाल बैंकर्स संघ (एनबीए) को वैशाख १० गतेदेखि वैशाख १६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिएको हो। 

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १ अर्ब रुपैयाँले बढेको छ। योसँगै वैशाख १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। गत वैशाख ९ गतेसम्म कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ। गत वैशाख ९ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा वैशाख १६ गतेसम्म बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।