काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्लो समय निक्षेप र कर्जाको अवस्था सामान्य रहेको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत माघ १९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले माघ २० गते निक्षेप १ अर्ब रुपैयाँले बढेको छ।

वाणिज्य बैंकहरुको निक्षेप पनि माघ २० गते १ अर्ब रुपैयाँले मात्र बढेको देखिएको छ। गत माघ १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा माघ २० गतेसम्म बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। 

यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत माघ १९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा माघ २० गतेसम्म बढेर ४६ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। 

वाणिज्य बैंकहरुको कर्जा लगानी भने यो दिन स्थिर देखिएको छ। गत माघ १९ गते कुल कर्जा लगानी ४१ खर्ब ४९ अर्ब रुपैयाा रहेकोमा माघ २० पनि कुल कर्जा लगानी ४१ खर्ब ४९ अर्ब रुपैयाँ नै रहेको छ। 

बैंकहरुको औसत सीडी रेसियो भने माघ २० मा थोरै बढेर ९०.३९ प्रतिशत पुगेको छ। गत माघ १९ गतेसम्म औसत सीडी रेसियो ९०.३७ प्रतिशत रहेको थियो। 

अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ।