काठमाण्डौ । नेपालीहरुको महान चाड दसैँ नजिकिँदैछ। यो बेला प्रायः घरमा कुखुराको मासुका परिकार बनाइन्छ। दसैँका बेला विशेषगरी कुखुराको मासुको खपत बढी हुन्छ। संसारमा पनि सबैभन्दा मनपर्ने मासु कुखुराकै हो। 

खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार सन् २०२१ मा विश्वभर १३३ करोड टन सेतो मासु खपत भएको थियो । अर्जेन्टिना प्रतिव्यक्ति ४७ केजी कुखुराको उपभोगसहित पहिलो स्थानमा छ । ब्राजिलमा प्रतिव्यक्ति ४०.६ केजी उपभोगसहित दोस्रो र ल्याटिन अमेरिका प्रतिव्यक्ति ३२.७० कुखुराको मासु उपभोगसहित तेस्रो स्थानमा छ। 

कुखुराको मासुमा प्रोटिन पाइन्छ र यो भिटामिन र मिनरल्सको पनि महत्वपूर्ण स्रोत हो । यसमा एक निश्चित स्तरसम्म मोनोअनस्याचुरेटेड फ्याट हुन्छ। जुन मानिसको मुटु र मुटुको स्वास्थ्यका लागि राम्रो हुन्छ। तर, मानिसहरुको यो धेरै मनपर्ने खानामा धेरै गलत विश्वास र शंकाहरुले घेरिएको छ।

छालारहित कुखुरा मासु राम्रो कि छालासहित ?

उदाहरणका लागि कुखुराको छालामा धेरै बोसो हुन्छ। त्यसैले कुखुराको मासु छालासहित खाने कि छाला बिना खाने भन्ने प्रश्न प्रायः रहन्छ। अर्जेन्टिनाको मासु पोषण सूचना केन्द्रकी पोषणविद् मारिया डोलोरेस फर्नान्डिस पेजोसले भनिन्, ‘कुखुराको छालामा ३२ प्रतिशत फ्याट हुन्छ। अर्थात् छालासँग १०० ग्राम कुखुराको मासु खाँदा ३२ ग्राम बोसो मानिसको शरीरमा जान्छ।’

‘कुखुराको छालामा पाइने बोसोको दुई तिहाइ भाग असन्तृप्त हुन्छ, जसलाई ‘राम्रो बोसो’ भनिन्छ’, पेजोसले भनिन्, ‘यो बोसोले रगतमा कोलेस्ट्रोलको स्तर बढाउँछ। एक तिहाइ बोसो संतृप्त हुन्छ। यसलाई खराब बोसो पनि भनिन्छ। यसले शरीरमा खराब कोलेस्ट्रोल बढाउँछ।’

पेजोसका अनुसार यदि हामीले छालासहित मासु खायौँ भने प्रत्येक भागमा क्यालोरीको मात्रा ५० प्रतिशतले बढ्छ। ‘छालाविहीन कुखुराको ६ औँस ब्रेस्टको भाग खायौँ भने हाम्रो शरीरले २८४ क्यालोरी प्राप्त गर्छ। तर छालासहित कुखुराको मासु खायौँ भने ३८६ क्यालोरी प्राप्त हुन्छ’, उनी भन्छिन्, ‘यही कारणले गर्दा अतिरिक्त क्यालोरी शरीरमा नजाओस् भनेर मानिसहरुलाई छालाविहीन कुखुराको मासु खाने सल्लाह दिइन्छ।’

विज्ञहरु स्वस्थ र शारीरिक रुपमा सक्रिय व्यक्ति, जसको तौल उसको उचाइको हिसाबले एकदम सही छ भने उसले कुखुराको मासु पकाउने र पकाउने समयमा अलग गरिएको छाला राख्न सक्छ। यसले कुखुराको मासुलाई थप रसदार बनाउनेछ।

कुखुराको मासु पटक–पटक फ्रिजमा नराखौँ

एकपटक कुखुराको मासुलाई फ्रिजरबाट निकालेपछि यसलाई फेरि फ्रिज नगर्न सिफारिस गरिन्छ। खाना फ्रिजमा राखिन्छ ता कि यसमा सूक्ष्म जीवहरु बढ्न सक्छ। त्यसैले कुखुराको मासुलाई बारम्बार फ्रिजरबाट निकाल्ने हो भने त्यसमा सूक्ष्म जीवाणु बढ्ने सम्भावना रहन्छ । 

डि–फ्रोस्ट कुखुराको मासुका लागि उत्तम तरिका

जमेको कुखुराको मासुबाट बरफ हटाउन वा फ्रोस्टिङ गर्न कोठाको तापक्रम उपयुक्त हुँदैन। यसलाई तातो पानीमा हाल्नु पनि ठीक होइन । यसमा कोठाको तापक्रममा सूक्ष्म जीवहरू बढ्न सक्छन्। तसर्थ डि–फ्रोस्ट गर्ने उत्तम तरिका भनेको कुखुराको मासुलाई बनाउनु अघि फ्रिजरबाट बाहिर निकाल्नु हो। कुखुराको मासुलाई कहिले पनि फ्रिजरबाट निकालेर कोठाको तापक्रममा न्यानोमा छाड्नु नहुने विज्ञहरुको सुझाव छ। 

पहेँलो वा गुलाबी कुखुराको मासु कुन चाहिँ ठीक ? 

कुखुराको मासुको रङ कुखुराको खानाको पिग्मेन्टमा निर्भर गर्दछ। मकैमा ज्वार वा गहुँभन्दा धेरै पिग्मेन्टहरु हुन्छन् तर केही देशमा कुखुराको मासु खानेहरुको प्राथमिकतालाई ध्यानमा राखेर कुखुराको आहारमा प्राकृतिक पिग्मेन्टहरु थपिन्छन् ता कि यसको मासु पहेँलो होस्। विज्ञहरुका अनुसार पहेँलो र सेतो–गुलाबी रङको कुखुराको मासुमा पोषण र अन्य गुण समान हुन्छन्।

कुखुराको मासुलाई विषाक्त हुनबाट कसरी जोगाउने ? 

कुखुराको मासु सबैभन्दा पौष्टिक खानामध्ये एक हो र धेरै लोकप्रिय पनि छ। तर, प्रायः यो खाना विषाक्तताको एउटा स्रोत पनि बन्छ। क्याम्पिलोब्याक्टर ब्याक्टेरिया काँचो मासुमा देखिन सक्छ। कहिलेकाहीँ यसमा साल्मोनेला र क्लोस्ट्रिडियम परफ्रिन्जेन्स पनि बढ्न सक्छ। त्यसैले राम्रोसँग पकाएको कुखुराको मासु खाँदा पनि फुड पोइजनिङ हुन सक्छ । अन्य कच्चा खानाबाट पनि कुखुराको मासुमा ब्याक्टेरिया बढ्न सक्छ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को अनुमान अनुसार अमेरिकामा हरेक वर्ष करिब १० लाख मानिस संक्रमित कुखुराको मासु खाएपछि बिरामी पर्छन्। –बीबीसीबाट भावानुवादित