काठमाण्डौ । वाणिज्य बैंक, बिमा कम्पनी, विकास बैंक, लघुवित्त कम्पनी तथा एक दूरसंचार प्रदायक कम्पनीले बुधबार सयौं शिक्षित जनशक्तिका लागि जागिरको अवसर खुलाएका छन् । 

एभरेष्ट बैंक लिमीटेडले तीन पदका लागि जागिरको अवसर खुलाएको छ । यो बैंकले आइटी प्रोफेसनल्सतर्फ २ जना, नेटवर्क तथा सिस्टम एडमिनिस्टेसनतर्फ १ जना र एटीएम स्वीच तथा कार्ड म्यानेजमेन्ट प्रोफेसनल्सको रुपमा २ कर्मचारी मागे हो । बैंकले प्रकाशन गरेको सूचना यस्तो छ:

उता, स्टार लाइफ इन्स्योरेन्सले समेत केही कर्मचारी मागेको छ । केही डिपार्टमेन्ट हेड, केही शाखा व्यवस्थापक र मार्केटिंग म्यानेजर, केही कर्पोेरेट सेल्स  केही प्रशासनिक कर्मचारी मागेको छ । यो कम्पनीले प्रकाशित गरेको सूचना यस्तो छ:

यता, देवः विकास बैंकले पनि देशभरका शाखा कार्यालयमा काम गर्ने गरी दर्जनौ जुनियर असिस्टेन्ट मागेको छ । यो बैंकले काठमाण्डौ, नारायणगढ, पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, सुदुर पश्चिमाञ्चल र केही नयाँ शाखाका लागि दर्जनौ जुनियर असिस्टेण्ट मागेको हो । बैंकले प्रकाशित गरेको सूचना यस्तो  छः

यसैबीच, दूरसंचार सेवा प्रदायक कम्पनी स्मार्ट सेलले पनि विभिन्न पदका लागि दर्जनौ कर्मचारी मागेको छ । स्मार्ट टेलिकम प्रालिले चिफ सेल्स अफिसर, चिफ मार्केटिंग अफिसर, सर्कल विजिनेश हेड, कस्टमर सर्भिस एण्ड एक्सपिरियन्स हेड, वितरण हेड, प्रोडक्ट हेड र ब्राण्ड हेडतर्फ कर्मचारी मागेको हो । कम्पनीले प्रकाशित गरेको सूचना यस्तो छ:

यस्तै, बाराको सिमरामा रहेको समता माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले दर्जनौ कर्मचारी मागेको छ । यो कम्पनीले ७ पदमा केही दर्जन कर्मचारी मागेको हो । एकजना वरिष्ठ प्रबन्धक, केही प्रबन्धक, केही अधिकृत अनुुगमन, व्यवस्थापन प्रशिक्षार्थी, केही शाखा प्रमुख, केही कनिष्ठ/सहायक/वरिष्ठ फिल्ड सुपरभाइजर र केही प्रशिक्षार्थी कर्मचारी मागेको छ । कर्मचारी आवश्यकता सम्बन्धी समताले प्रकाशन गरेको सूचना यस्तो छ:

एनआइसी एशिया लघुवित्त बित्तीय संस्थाले समेत ५ पदमा दर्जनौ कर्मचारी मागेको छ । जनशक्ति व्यवस्थापन, संचालन तथा सामान्य सेवा विभागतर्फ प्रमुख, बित्त, कार्यक्रम, योजना तथा अनुुगमन विभागतर्फ एकजना प्रमुख, सूचना प्रविधितर्फ एकजना, केही शाखा प्रबन्धक, केही सहायक तथा वरिष्ठ सहायक, केही प्रशिक्षार्थी सहायक मागेको हो । कम्पनीले प्रकाशन गरेको आवश्यकता सम्बन्धी सूचना यस्तो छ: