काठमाण्डौ । चीनमा बेपत्ता भनिएका अर्बपति बाओ फानको कम्पनी चाइना रेनेसान्स होल्डिङ्सले आफ्ना संस्थापक फानले हाल चिनियाँ अधिकारीहरुले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको दाबी गरेको छ।
केही दिनअगाडि चाइना रेनेसान्स होल्डिङले आफ्नो सीईओ विगत १० दिनदेखि बेपत्ता रहेको जनाएको थियो। त्यसपछि यस निजी बैंकिङ कम्पनीको सेयर मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको थियो।
कम्पनीले हङकङ स्टक एक्सचेन्जलाई जबफा दिँदै भनेको छ, ‘बाओ फ्यानले हाल केही चिनियाँ अधिकारीहरुले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेका छन्।’
चाइना रेनेसान्स होल्डिङ्सले आफ्नो सीईओ बेपत्ता हुनुका कारणलाई चिनियाँ सरकारले गरिरहेको ‘अनुसन्धान’सँग जोडेको यो पहिलोपटक हो। तर, कम्पनीले कुन घटनामा चिनियाँ सरकारले अनुसन्धान गरिरहेको खुलाएको छैन।
समाचार एजेन्सी रोयटर्सले फेब्रुअरी महिनाको सुरुमा कम्पनीका पूर्वअध्यक्ष काङ लिनविरुद्ध चलिरहेको अनुसन्धानको सम्बन्धमा अनुसन्धानकर्ताले बाओ फ्यानलाई आफूसँग लगेको उल्लेख गरेको थियो।
चीन सरकारले पछिल्ला केही महिनामा धेरै ठूला टेक कम्पनीहरुविरुद्ध कदम चालेको छ। –एजेन्सी
7 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago