काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि जारी गर्न लागेको हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले बुक क्लोजको मिति तय गरेको हो। हकप्रद निष्कासनका लागि कम्पनीले यही चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्। 

नेपाल धितोपत्र बोर्डले गत फागुन २६ गते अपी पावरलाई १०ः३.९३६२९२६ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको यियो। अब अपी पावरले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। जसअनुसार कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। 

हकप्रद जारी गर्ने मिति भने कम्पनीले तय गरिसकेको छैन।

कम्पनीको यो हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

यसअघि गत जेठमा पनि अपी पावरले २९.३८ प्रतिशत हकप्रद बिक्री गरेको थियो।