काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि यही असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थात असार १९ गतेसम्म कायम सेयरधनीहरुमा यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्। 

कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ङादी ग्रुप पावरलाई असार ९ गते १ः१.५ अनुपातमा अर्थात चुक्तापुँजीको १५० प्रतिशतबराबरको हकप्रद निष्कासनको अनुमति दिएको छ। 

अनुमति पाएसँगै अब यो कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 
यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।