काठमाण्डौ । राधी विद्युत कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनीले हकप्रद निष्कासनका लागि यही भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ १० गते (भदौ ११ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत साउन ९ गते राधी विद्युतलाई चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। राधी विद्युतले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

राधी विद्युत कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।