काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको प्रतिफल वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको बैठकले यो फन्डको प्रतिफल वितरणार्थ यही भदौ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ २८ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो फन्डको प्रतिफल पाउन योग्य हुनेछन्।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको गत भदौ ९ गते अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८-७९ का लागि एनआईबिएल प्रगति फन्डको लाभांश घोषणा गरेको थियो। बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।