काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनार्थ बुक क्लोजको मिति तय गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनार्थ यही साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।
गत असार २६ गते नेपाल धितोपत्र बोर्डले मल्टीपर्पस फाइनान्सलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिइसकेको छ। धितोपत्र बोर्डले यो फाइनान्सलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै अब मल्टीपर्पस फाइनान्सले कुल १५ करोड ८२ लाख रुपैयाँबराबरको हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ।
मल्टीपर्पस फाइनान्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
9 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago