काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको छ। 

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले यही वैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्। 

कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले रु. १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। यो ५६ करोड ७० लाख रुपैयाँबराबरको हुनेछ। 

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्ड गत वैशाख १९ गते निष्कासन अनुमति दिएको थियो।