काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको ५० प्रतिशत नगद लाभांश (करसहित) प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार यो फन्डको नगद लाभांश प्रयोजनार्थ आउँदो साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय भएको हो। यसको अर्थ साउन २८ गतेसम्म कायम इकाइधनीहरु गत आर्थिक वर्षका लागि घोषित यस योजनाको ५० प्रतिशत नगद लाभांश (करसहित) पाउन योग्य हुनेछन्। 

गत साउन १४ गते बसेको एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको बैठकले एनआईबिएल प्रगति फन्डका इकाइधनीहरुलाई ५० प्रतिशत अर्था ३७ करोड ७० लाख रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

गत आर्थिक वर्षका लागि एनआईबिएल म्युचुअल फन्डअन्तर्गत नै सञ्चालित एनआईबिएल सहभागिता फन्डका इकाइधनीहरुलाई ५० प्रतिशत (करसहित) र एआईबिएल समृद्धि फन्ड–१ का इकाइधनीहरुलाई ३५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ।