काठमाण्डौ । विश्वभर आईफोन सिरिजका स्टमार्टफोनबाट चर्चित कम्पनी एप्पल इंकले ल्याउन लागेको पहिलो इलेक्ट्रिक कारका विषयमा ठूलो खुलासा भएको छ। 

एप्पल इलेक्ट्रिक कारको पर्खाइमा विश्व रहेको छ। यो कार सन् २०२५ सम्म बजारमा उतारिने खबर सार्वज्निक भएको हो।

यो सेल्फ ड्राइभिङ कार हुनेछ। यसमा पेडल र स्टेयरिङ हुने छैन। 

एप्पलले आफ्नो प्रोजेक्ट टाइटनअन्तर्गत लामो समयदेखि फ्युचरिस्टिक कारलाई लिएर योजना बनाइहरेको छ। अहिले अटोनोमस फिचरहरु र इलेक्ट्रिक भेइकल सेगमेन्टको तीव्र माग भइरहेको बेला एप्पलले ड्राइभरलेस कार ल्याउने तयारी गरेको हो। कार पूर्ण रुपमा सेन्सर बेस्ड हुनेछ। यो कारमा बस्ने यात्रुले आफ्नो स्मार्ट डिभाइसबाट कारलाई कन्ट्रोल गर्न सक्नेछन्। कारलाई दायाँ–बायाँ घुमाउन स्टियरिङ आवश्यक पर्ने छैन। 

टेस्लालगायतका कम्पनीहरुले यो सेगमेन्टको कार ल्याउने कोसिस गरिरहेका छन्। हाल ट्रायल भइरहेको छ। – एजेन्सी