काठमाण्डौ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा पनि मतगणना सुरु भएको छ । 

सुरुवाती मतपरिणामअनुसार वडानम्बर १ को मतगणना हुँदा यो नगरपालिकामा नेपाली कांगे्रसबाट मेयरका उम्मेद्वारले अग्रता लिएका छन् । ३०० मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वाले १५३ मतसहित अग्रता लिएका हुन् । 

एमालेका उम्मेद्वारले १४१ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरमा भने एमालेका उम्मेद्वार १३१ मतसहित अग्रस्थानमा छन् । गठबन्धनको तर्फबाट उपमेयरको उम्मेद्वार पाएको माओवादी केन्द्रले ३०० मत गन्दा एउटा पनि मत ल्याउन सकेको छैन ।