काठमाण्डौ । पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप २ हजार २४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालय आज सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा थप २ हजार २४ जनामा कोरोना पुष्टि भएको हो। जसअनुसार काठमाण्डौमा मात्रै १ हजार ४६५, ललितपुरमा ३५१ जना र भक्तपुर २३२ जनामा कोरोना पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभर १३८७९ पीसीआर र ९५५ जनाको एन्टीजेन परीक्षण गर्दा थप ४ हजार ८७९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने ७३७ संक्रमणमुक्त भएका छन्। 

हाल देशभर ३० हजार २०९ सक्रिय संक्रमित छन्।