काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ। 

काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो।

बैंठकले अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय पनि गरेको छ। यसअघि उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न छुट दिइएको थियो। 

यसैगरी अबदेखि बिहान ७ बजेदेखि ९ बजेसम्ममात्र पसल खोल्न पाइने निर्णय बैठकले गरेको छ।