काठमाण्डौ । एभरेस्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाण्डौ किंग्स इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ। 

आउँदो असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुन गइरहेको एभरेस्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाण्डौ किंग्स् इलाभेनमा आबद्ध हुनेछ।

हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाण्डौ किंग्स इलाभेनबीच सम्झौता हस्ताक्षर भएको थियो। शिवम् सिमेन्टले काठमाण्डौ किंग्स् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकास्टको लागि स्ट्रेन्थ पार्टनरका रुपमा समेत आबद्ध हुने जनाएको छ। 

टीयू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने एभरेस्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागी हुनेछन्।

बहुचर्चित नेपाली बलर सन्दीप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाण्डौ किंग्स् इलाभेन टिममा अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त अल राउन्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आबद्ध छन् भने गुल्सन झा, सुवास खकुरेल र सिद्धान्त लोहनीसहित राष्ट्रियस्तरका स्टार खेलाडी छन्। अनुभवी ख्याति प्राप्त खेलाडीहरुले भरिएको सन्तुलित टिम भएको हुनाले काठमाण्डौ किंग्स् इलाभेनले यस एभरेस्ट प्रिमियर लिगमा खेलमार्फत सबैको मन जित्ने अटुट विश्वास लिइएको छ।

गुणस्तरीय उत्पादनमार्फत भरोसा जितेर सबैसँग अटुट सम्बन्ध स्थापित गर्न सफल शिवम् सिमेन्टको जस्तै गुणस्तरीय खेलमार्फत सबैको भरोसा जितेर काठमाण्डौ किंग्स इलाभेनले सम्पूर्ण क्रिकेटप्रेमीसँग एउटा आत्मीय सम्बन्ध स्थापित गर्न सफल हुन्छ भन्ने अपेक्षा गरिएको छ। 

आफ्नै चुनढुंगा प्रयोग गरी अत्याधुनिक प्रविधिमार्फत तयार गरिएको देशकै पहिलो र एक मात्र एन एस अवार्ड प्रथमबाट सम्मानित सर्वोत्कृष्ट ओपिसि सिमेन्ट शिवम् सिमेन्ट ५३ ग्रेड र ४३ ग्रेडमा सर्वत्र उपलब्ध छ ।