काठमाण्डौ । काठमाण्डौ उपत्यकामा भोलि पुस २७ गतेदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइने भएको छ।
स्वास्थ्य मन्त्रालय आज एक सूचना जारी गर्दै उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा सबै स्थानीय तहमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने जानकारी गराएको हो।
यसैबीच स्वास्थ्य कार्यालय काठमाण्डौले काठमाण्डौ महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका विद्यालयस्थित खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ। कार्यालयले उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ।
यी जिल्लाका केही स्थानीय तहमा भने खोप अभियान केही दिनअघिदेखि नै सुरु भइसकेकोले नजिकैको खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
यी खोपको दुई मात्रा लगाएपछि मात्रा पूर्ण रुपले प्रभावकारी हुन्छ। त्यसैले पहिलो मात्रा लगाएको ४ हप्तामा दोस्रो मात्रा लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ।
3 hours ago
3 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago