काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।
बैंकले सेवा विस्तार गर्ने क्रममा आज मंसिर १८ गते आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा नपा–३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
तिलोत्तमा–३ स्थित न्यु पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं. ३ का वडाध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।
कार्यक्रममा वडा नं. ३ का अन्य जनप्रतिनिधि, व्यावसायिक प्रतिनिधि, स्थानीयका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो।
शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago