काठमाण्डौ । कामना सेवा विकास बैंक र काठमाण्डौको विशालनगरस्थित अरोगिन हेल्थ केयर एन्ड रिसर्चबीच छुट सम्झौता भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले अरोगिन हेल्थ केयर एन्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिटमेन्टमा ४५% सम्म, स्किन केयरमा ३०% सम्म, डेन्टल केयरमा २०% सम्म, डे केयर (२४÷७ नर्सिङ केयर) मा १५% सम्म, फिजियोथेरापीमा ५% र ल्याब सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकसँग आबद्धताका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।