काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६२.६२ प्रतिशतले बढाउन सफल भएको छ।

बैंकको सोमबार सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा ३९ करोड रुपैयाँ बढी आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १४ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २७ करोड १९ लाख रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकले सञ्चालन मुनाफा पनि ६४.३२ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३४ करोड ६९ लाख रुपैयाँ रहेको छ। जब कि गत वर्षको यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा २१ करोड ११ लाख रुपैयाँमा सीमित थियो।

बैंकले समीक्षा अवधिसम्म ६८ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ५७ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकले ३८ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकको रिजर्भको आकार भने समीक्षा अवधिमा ३१.६८ प्रतिशतले घटेर ४९ करोड ५३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म बैंकको रिजर्भको आकार ७२ करोड ५० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जाको दर बढेर १.५९ प्रतिशत पुगेको छ। जब कि गत वर्ष यही अवधिसम्मको बैंकको खराब कर्जाको दर १.३७ प्रतिशत रहेको थियो।

बैंकको सीडी रेसियो ७७.१९ प्रतिशतमा झरेको छ। गत वर्ष यस्तो रेसियो ७८.५३ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिसम्म बैंकको आधार दर घटेर ९.०६ प्रतिशतमा झरेको छ। गत वर्ष आधार दर ११.८६ प्रतिशत रहेको थियो।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६२.६२ प्रतिशतले बढेर ३०.७१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको ईपीएस ११.६९ रुपैयाँ सीमित थियो। पीई रेसियो ७.९८ गुणा रहेको बैंकको प्रतिसेयर कुल नेटवर्थ भने १३०.०९ रुपैयाँ रहेको छ।