काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ। 

यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज मंसिर २ गते हस्ताक्षर भएको हो। सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु तथा कार्यकारी निर्देशकहरुसहित अधिकारीहरुको सहभागिता थियो।

ग्राहकले एउटा प्रणालीमार्फत आईपीएस, कनेक्टआईपीएस, क्यूआर र अन्य डिजिटल इकोसिस्टमजस्ता सेवा र रकम ट्रान्सफर गर्न पाउनेछन्। यसका साथै यस प्रणालीमा आबद्ध भएपश्चात ग्राहकले पहिलो चरणमा मोबाइल बैंकिङ, ई–बैंकिङ, ई–वालेट र क्यूआरबाट गरिने भुक्तानी नेसनल पेमेन्ट स्विचमार्फत गर्न सक्नेछन्।