काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र मोको एपबीच फोकसवान पेमेन्ट सोलुसन्सको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 

साझेदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र फोकसवानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। 

मोको एप नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो। जसमा ग्राहकले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडका माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरुमा पेमेन्ट गर्न सक्नेछन्। कामना सेवा विकास बैंकका भिसा कार्ड प्रयोगकर्ताले अब मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरिद तथा विभिन्न सेवाको भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल आदि। यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन।

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्ट र १ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ। यसका साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ। समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना रहेको छ।