काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।
बैंकले सेवा विस्तार गर्ने क्रममा आज असार ५ गते आइतबारबाट नवलपरासी जिल्लाको कावासोती नपा–७ साँढमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
साँढमा बस्ने भीमा भुर्तेललाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। वडा नं. ७ का वडाअध्यक्ष गोविन्द प्रसाद महतोले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए।
कार्यक्रममा कावसोती–७ का वडा सदस्य रुद्र हादुर बस्नेत, पूर्ववडा सदस्य विष्णुप्रसाद काफ्ले र साहित्यकार सदानन्द जैसीलगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति थियो।
शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ। यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ।
17 minutes ago
29 minutes ago
56 minutes ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago