काठमाण्डौ। कामना सेवा विकास बैंक र फर्स्ट पे टेक्नोलोजी प्रालिबीच वीच्याट पे र क्यू पेको भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै वीच्याट पे र युनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो। यस सम्झौतापश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी ग्राहकले कामना सेवा विकास बैंकसँग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरेबापतको रकम क्यूआर कोड स्क्यान गरी वा गराई वीच्याट पे र युनियन पेका साथै अलीपे, खल्ती, प्रभु पे, क्यू पे, आईएमई पे, स्मार्ट क्यूआरलगायत अन्य ४६ वटा अन्तर्राष्ट्रिय वालेटहरुमार्फत भुक्तानी गर्न सक्ने छन्।
बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ। साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि–आस्बा, सोसल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।
7 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago