काठमाण्डौ। कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै  छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ।  

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजात अपलोड गरी केएस डिजी वालेट खोल्न सक्नेछन्। 

हिजो एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका हुन्। यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने अर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग भएको छ।  यसका साथै अकाउन्ट ओपनिङ, लोन एप्लिकेसन, इन्टर ओपेरेबल क्यूआर, एमक्यासलगायतका बैंकिङ सेवा तथा सुविधाहरु रहेका छन्। 

काठमाण्डाको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा १२९ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ। यसका साथै बैंकले आफूलाई डिजिटल बैंकिङ सेवाहरुमा अब्वल बैंैकका रुपमा स्थापित गर्ने उद्देश्य राखेको छ।