काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी तथा यसको उचित प्रयोगसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले जुममार्फत शनिबार चौथो अनलाइन वेबिनार सम्पन्न गरेको छ। बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा बैंकका कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जालमार्फत बैंकिङ कारोबार गर्ने, अन्तरबैंकिङ रकम ट्रान्सफर गर्नेजस्ता विभिन्न बैंकिङ कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्नेजस्ता महत्वपूर्ण जानकारीहरु प्रदान गरिएको थियो।

बैंकले आफ्नो वित्तीय साक्षरताअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। आगामी दिनमा पनि थप प्रभावकारी रुपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने बैंकले जनाएको छ।