काठमाण्डौ। कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टससँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न गरेको छ। 

कार्यक्रम राष्ट्रिय नाचघरमा भएको थियो। बैंकले लिटल मिस एन्जल–२०२३ का सहभागी र तिनका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरिएको जनाएको छ।

कार्यक्रममा ३५ भन्दा बढी सहभागी बालबालिका र तिनका अभिभावकको सहभागिता थियो। 

बैंकका कर्मचारीद्वारा कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सर्तकतालगायतका विषयमा साक्षरता प्रदान गरेको थियो।