काठमाण्डौ । बुधबार सेयर कारोबारमा नयाँ इतिहास बनेको छ । यो दिन नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड बनेको हो ।
यो दिन ४५ हजार २७२ पटक सेयर कारोबार भई गत सोमबार कायम रेकर्ड ४० हजार २०६ पटक सेयरलाई तोडिएको नेप्सेले जनाएको छ ।
पछिल्ला समयमा ८० प्रतिशतभन्दा बढीले अनलाइनमार्फत् सेयर कारोबार गरिरहेकाले यो रेकर्ड कायम भएको बताइन्छ ।
हिजोका दिनमा ब्रोकरलाई फोन वा म्यासेजका आधारमा अर्डर इन्ट्री गर्न कठिनाई भइरहेकोमा आजका दिनमा लगानीकर्ता स्वयंले घरबाटै सहज रुपमा सेयर कारोबार गर्न सकेकाले समेत कारोबार संख्याले रेकर्ड कायम गरेको जानकार बताउँछन् ।
नेप्से परिसूचक स्थिर हुँदा कारोबार संख्या करिब २० हजार हाराहारी हुने गरेकोमा केही दिनयता इण्डेक्सको बढोत्तरी भएसँगै दैनिक औसत कारोबार संख्या ३० ३५ हजार रहेको थियो, तर आज बुधबार भने कारोबार संख्याले हालसम्मकै सर्वाधिक उचाइ चुमेको दिन हो ।
नियामक निकायको निर्देशन र स्टक ब्रोकरहरुको पालनाले गर्दा हिजोआज विद्युतीय माध्यमद्वारा सेयर किनबेचको भुक्तानी भइरहेको छ ।
स्टक ब्रोकरहरुले टीएमएसबाट ग्राहकलाई सेयर बिक्रीबापतको रकम भुक्तानी ७५ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुन थालेको तथ्यांक छ ।
लकडाउन र निषेधाज्ञापछि आज ४ अर्ब १८ करोड रुपैयाँ हाराहारी दैनिक कारोबार रकममा रेकर्ड ब्रेक गरेको छ । तथापि अनिवार्य विद्युतीय माध्यम नभएको अवस्था र अनलाइन कारोबारी २० हजारभन्दा मुनि नै रहेको बेला सर्वाधिक दैनिक कारोबार रकम भने ४ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।
4 minutes ago
52 minutes ago
12 hours ago
12 hours ago
12 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago